
काठमाडौं ।
स्पेसएक्सले शुक्रबार (मार्च १७) मा दुईओटा कक्षीय मिसनहरू सफलतापूर्वक लन्च गरेको छ।
स्पेसएक्सको पहिलो अन्तरिक्ष उडान स्थानीय समयअनुसार दिउँसो ३:२६ बजे सुरु भयो, जब स्पेसएक्सले क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट परिक्रमा गर्न आफ्नो स्टारलिंक इन्टरनेट भूउपग्रहहरूको ५२ सेट प्रक्षेपण गर्यो।
त्यसपछि, पुन स्थानीय समयअनुसार बेलुका ७:३८ बजे एसईएस-१८ र एसईएस-१९ दूरसञ्चार भूउपग्रहहरू बोक्ने एउटा फाल्कन ९ फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट उचालियो।
दुबै मिसनहरू योजना अनुसार भएका थिए। स्टारलिंक स्याटेलाइटहरूलाई तालिकामा पृथ्वीको तल्लो कक्ष (लियो) मा तैनाथ गरिएको थियो, र फाल्कन ९ ले सफलतापूर्वक एसईएस-१८ र एसईएस-१९ दूरसञ्चार भूउपग्रहहरूलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा पुर्याएको स्पेस डटकमले रिपोर्ट गरेको छ।
दुबै फाल्कन ९ पहिलो चरणहरू पनि सुरक्षितरूपमा पृथ्वीमा फर्किएका थिए।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार