
काठमाडौं ।
गुगलले चीन, रुस, इरान आदिसँग सम्बन्धित ७,५०० भन्दा बढी युट्युब च्यानल ब्लक गरेको छ। यी सबै च्यानलहरू २०२३ को प्रारम्भिक महिनामा नै रोकिएका छन्। अर्थात् गुगलले जनवरी–फेब्रुअरीमा यो कदम चालेको हो।
गुगलले एक ब्लग पोस्टमा यो जानकारी दिएको हो। जसमा ६ हजार २८५ युट्युब च्यानल बन्द गरिएको र ५२ ब्लगरको ब्लग ब्लक गरिएको छ जसको सम्बन्ध चीनसँग रहेको बताइएको छ ।
गुगलले एक ब्लग पोस्टमा भनेको छ कि उसले कोर्डिनेटेड इन्फ्लूएन्स अपरेशन क्याम्पेन अन्तर्गत २०२३ को पहिलो त्रैमासिकमा ७५०० भन्दा बढी युट्युब च्यानलहरू बन्द गरेको छ। गुगलको तर्फबाट कारण प्रष्ट पार्दै गुगलको थ्रेट एनालिसिस ग्रुपको अनुसन्धानपछि स्पाम सामग्री प्रस्तुत गरेको भन्दै च्यानल बन्द गरिएको बताइएको छ। यी च्यानलहरूले चीनसँग सम्बन्धित संगीत, मनोरञ्जन र जीवनशैलीसँग सम्बन्धित सामग्री अपलोड गर्ने गर्दथे। यो गुगलको थ्रेट एनालाइसिस ग्रुप (टीएजी) द्वारा अनुसन्धान गरिएको थियो, जसमा प्लेटफर्ममा अपलोड गरिएको स्पाम सामग्री फेला परेको थियो।
गुगलको थ्रेट एनालाइसिस ग्रुपका अनुसार इरानी सरकारलाई समर्थन गर्ने ४० युट्युब च्यानलहरू पनि ब्लक गरिएको छ। यी च्यानलहरूले अंग्रेजी, हिन्दी, फारसी र उर्दूमा सामग्री अपलोड गर्ने गर्थे। ब्लग पोस्टकाअनुसार यी च्यानलहरूले इरानमा प्रदर्शनकारीहरूको विरोध गर्ने र सरकारलाई समर्थन गर्ने सामग्री प्रस्तुत गरेका थिए। एकै समयमा, अवरुद्ध च्यानलहरूमा २ डोमेनहरू पोल्याण्डको भएको बताईएको छ। उनीहरुको बारेमा भनिएको छ कि युक्रेनको बारेमा पनि गलत जानकारी दिँदै उनीहरु रुसलाई सपोर्ट गर्ने च्यानलहरु थिए र अमेरिकाको आलोचना गर्ने सामग्रीहरु प्रस्तुत गर्थे ।
गुगलको ब्लग पोष्टमा, थ्रेट एनालिसिस ग्रुपद्वारा अभियान अन्तर्गत, रूसको इन्टरनेट अनुसन्धान एजेन्सीसँग सम्बन्धित ८७ ओटा यूट्यूब च्यानलहरू ब्लक गरिएको बताईएको छ। योसँगै युक्रेनविरुद्ध डाटा लीक गर्ने ४ ओटा युट्युब च्यानललाई पनि यो ब्लक लिस्टमा समावेश गरिएको छ । यो तथ्याङ्क युक्रेनबाट आएका शरणार्थीहरूको दृष्टिकोणले निकै संवेदनशील रहेको बताइएको छ।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार