
काठमाडौं ।
क्यान इन्फोटेक २०२३ अन्तर्गत आईसीटी सेमिनार सुरु भएको छ। यस अन्तर्गत पहिलो सेमिनार बुधबार प्रविधि उद्योग र एकेडमीबीच अन्तर विषयमा आयोजना भयो।
क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा गरेको यो सेमिनारमा विभिन्न क्षेत्रबाट विज्ञ व्यक्तिहरू प्यानलिस्ट थिए।
प्यानलिस्टमा नेपाल सरकारका उपसचिव सुवास ढकाल, टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका सीएसआईटी डिपार्टमेन्टका उपप्राध्यापक नवराज पौडेल, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका सीईओ नारायण प्रकाश भुजेल तथा बीआईसी टेक्नोलोजीका सहसंस्थापक प्राथना शाक्य रहेका थिए।
अब माघ २६ गते बिहीबार ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम विषय गरी थप तीन सेमिनार हुनेछ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार