एनसेलले सोलुदुधकुण्डको केम्जे डाँडामा सेवा बिस्तारको लागि बिटिएस टावर राख्दै

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
एनसेलले सोलुदुधकुण्डको केम्जे डाँडामा सेवा बिस्तारको लागि बिटिएस टावर राख्दै
सांकेतिक तस्विर

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं २, केम्जे डाँडा स्थित खासोङ्गमद्रमा बिटिएस टावर बनाउने भएको छ। कम्पनीले उक्त स्थानमा आफ्नो सेवा बिस्तारको क्रममा नयाँ टावर स्थापना गरेर सेवा दिन लागेको हो।

सोही कारण उक्त बिटिएस टावर राख्नका लागि एनसेलले संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन उपर हुन सार्वजनिक सुनुवाई गर्न लागेको छ।

एनसेल आजियाटाले दूरसञ्चार सेवाको विकास तथा विस्तारको लागि उक्त स्थानमा टावर राख्न लागिएको र त्यसको लागि हुन लागेको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन उपर छलफलका लागि सार्वजनिक सुनुवाईमा सहभागी हुन स्थानीयहरुलाई अनुरोध गरेको छ।

कार्यक्रम तय गरेकोले यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । साथै सो सार्वजनिक सुनुवाई वातावरण संरक्षण नियमावली, २०७७ को नियम ६ बमोजिम हुने भएको जानकारी दिएको हो।

“सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई उक्त आयोजनाको प्रस्ताव कार्यान्वयन गर्दा निर्माण र सञ्चालन चरणमा स्थानीय भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरण र बासिन्दामा पार्न सक्ने प्रभाव तथा त्यसका लागि अपनाइने सकारात्मक प्रभाव अभिवृद्धि र नकरात्मक प्रभाव न्यूनीकरणका उपायहरुका बारेमा समेत रायसुझाव प्रदान गरिदिनुहुन सादर अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ।

कम्पनीले आउँदो फागुन २ गते, मंगलबार विहान ११ बजे सोलुदूधकुण्ड नगरपालिका वडा नं २ को कार्यालय प्राङ्गणमा सुनुवाई गरिने जनाएको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • २६ माघ २०७९, बिहीबार