
काठमाडौं ।
नेपाल टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।
गत आर्थिक वर्ष २०७८÷७९ को पुसमसान्तको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात ४२.३ प्रतिशतले घटेको देखिन्छ।
चालु आवको पुस मसान्तसम्म १९ अर्ब ९ करोड ८ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ। गत आवको सोही अवधिमा ३३ अर्ब ७ करोड ७३४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात आयात भएको थियो।
गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात १३ अर्ब ९५ करोड २६ लाख रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको छ। चालु आवको पहिलो ६ महिनामा चीनबाट १४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ। गत वर्षको सोही अवधिमा चीनबाट २१ अर्ब ७६ करोड ७५ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको सोही अवधिमा चीनबाट आउने टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् ७ अर्ब ७० करोड ८३ लाख अर्थात ३५.४ प्रतिशतले घटेको छ।
भारतबाट टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात ५ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ आर्थत ५९ प्रतिशतले घटेको छ। चालु आवको पुस मसान्तसम्म ४ अर्ब ४८ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् भारतबाट आयात भएको छ। गत आवको सोही अवधिमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् भारतबाट आयात भएको थियो।
अन्य मुलुकबाट चालु आवको पुस मसान्तसम्म १ अर्ब २ करोड ६९ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ। गत आवको सोही अवधिमा अन्य मुलुकबाट १ अर्ब ५४ करोड ६० लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो। अघिल्लो आवको तुलनामा चालु आबमा अन्य मुलुकबाट आयात हुने टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् ३३.६ प्रतिशतले घटेको देखिन्छ।
प्रकाशित: २३ माघ २०७९, सोमबार