फेब्रुअरी आठमा ओप्पो रेनो८ टी को आधिकारिक अनावरण गरिने

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
फेब्रुअरी आठमा ओप्पो रेनो८ टी को आधिकारिक अनावरण गरिने

काठमाडौं ।

ओप्पोको रेनो८ टी सिरिज छिट्टै बजारमा आउने भएको छ। ओप्पोको उक्त मिडरेन्ज फोन फेब्रुअरी ८ मा फिलिपिन्समा आधिकारिक तवरले अनावरण गरिनेछ। साथै आधिकारिक पोस्टरकोअनुसार उक्त फोन प्यासिफिक देशमा कालो र लेदर अरेन्ज गरि दुई रङ्गमा उपलब्ध हुने बताइएको छ।

ओप्पोले उक्त रेनो८टी फोनमा फाइभजी र स्न्यापड्रागन ६९५ चिपसेट समावेश गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। यद्यपी केही मार्केटहरुका लागि भने ओप्पोले स्न्यापड्रागन ६९५ चिपसेटको सट्टामा हेलियो जी९९९ चिपसेट समावेश गरि एलटीई भर्सनमा उपलब्ध गराउनेछ।

साथै एउटा फोनमा १०८ मेगापिक्सेलको क्यामरा रहेको उल्लेख गरिएको छ। फिलिपिन्समा भने फोरजी अप्सनको फोन उपलब्ध हुने बताइएको छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार