रुसले कब्जा गरेको युक्रेनी क्षेत्रमा काम गर्ने मोबाइल अपरेटरलाई कर छुट दिने

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
रुसले कब्जा गरेको युक्रेनी क्षेत्रमा काम गर्ने मोबाइल अपरेटरलाई कर छुट दिने

काठमाडौं ।

रुसले कब्जा गरेको क्षेत्रमा काम गर्ने मोबाइल अपरेटरहरूलाई करमा छुट दिने भएको छ।

युक्रेनबाट रुसले हालको आक्रमणमार्फत कब्जा गरेका क्षेत्रहरूमा काम गर्ने रूसी मोबाइल अपरेटरहरूले कर छुट पाउने भएका छन्। रुसको डिजिटल विकास मन्त्री माक्सुत शादायेभलाई उद्धृत गर्दै वेदोमोस्तीले कर छुट बारेमा रिपोर्ट गरेको छ।

त्यस्ता अपरेटरहरूले फ्रिक्वेन्सी वापतको शुल्क र २०२५ सम्म सार्वजनिक सेवा उपलब्ध गराउनको लागि आरक्षित कोषमा भुक्तानी गर्न बाध्य नहुने निर्णय यसअघि नै भइसकेको छ।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार