
काठमाडौं ।
नोकियाले सामसङसँग नयाँ क्रस लाइसेन्स सम्झौतामा हस्ताक्षर गरेको छ।
नोकियाले सन् २०२२ को अन्त्यमा अघिल्लो सम्झौताको म्याद सकिएपछि सामसङसँग नयाँ क्रस-लाइसेन्स प्याटेन्ट सम्झौतामा हस्ताक्षर गरेको बताएको छ।
नयाँ सम्झौताले फाइभजी र अन्य प्रविधिहरूमा नोकियाका आधारभूत आविष्कारहरू समेटेको छ।
“नोकियाको फाइभजी र अन्य प्रविधिहरूमा आधारभूत आविष्कारहरू समेट्ने सम्झौता अन्तर्गत, सामसंगले १ जनवरी २०२३ देखि सुरु हुने बहु-वर्षीय अवधिको लागि नोकियालाई भुक्तानी गर्नेछ,” फिनिश कम्पनीले भन्यो।
सम्झौताका सर्तहरू गोप्य रहेको उसले बताएको छ।
प्रकाशित: ९ माघ २०७९, सोमबार