Technology Khabar १८ बैशाख २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ वैशाख । नेपालका लागी पानासोनिक ब्राण्डको आधिकारिक वितरक इभोलूसन ट्रेडिङले बजारमा पानासोनिक हाईब्रिड आईपी–पिबीएक्स नेपाली बजारमा उपलब्ध गराएको छ । इभोलूसन ट्रेडिङका निर्देशक तरुन बज्राचार्यले सो उत्पादनको बारेमा जानकारी दिए।
एडभान्स्ड केएक्स–एचटिएस८२४ KX-HTS824 एक आधुनिक हाईब्रिड आईपी–पिबीएक्स हो । यस केएक्स–एचटिएस८२४ मा २४ वटा एक्सटेन्सन लाइनको क्षमता रहेको छ, जुन साना तथा मध्यम वर्गीय ब्यवसायको आवश्यकता पुरा गर्न सहज मानिएको छ । न्यूनतम मुल्यमा आधूनिक तथा स्तरीय कार्य क्षमताका साथ निर्मित, यस केएक्स–एचटिएस८२४ एक एसआईपी ट्रंक रेडी सिस्टम SIP trunk ready system हो ।
त्यसै गरी आईपी यूजको प्रयोग गर्न यस केएक्स–एचटिएस८२४ मा कुनै बाह्य उपकरणहरु खरिद गरि राख्नु नपर्ने जनाइएको छ ।
साथै, बिल्ट इन राउटर र वाईफाई एक्सेस पोइन्टले सो केएक्स–एचटिएस८२४ अरु भन्दा पृथक मानिएको छ । यस केएक्स–एचटिएस८२४
ले भ्वाइस प्रोसेसिंग प्लेटफर्मसँगसँगै नेटवर्क डिभाइसको काम पनि गर्दछ ।
कलर आईडी, अटो एटेन्डेन्स/भ्वाइस मेल, वाईफाई, फोन कन्फ्रेरेन्स फीचर र बिवाईओडी फंग्सनलगायतका विशेषताहरु केएक्स–एचटिएस८२४ मा रहेका कम्पनीले जनाएको छ ।
प्रकाशित: १८ बैशाख २०७४, सोमबार