काठमाडौं ।
गुगलले अर्को वर्ष आफ्नो फोल्डेबल फोन लन्च गर्ने तयारी गरिरहेको छ। यसलाई पिक्सेल फोल्डको नामबाट प्रस्तुत गर्न सकिनेछ। यो डिभाइसको डिजाइन ओप्पोको फोल्डेबल फोन फाइन्ड एन जस्तो हुन सक्छ।
लामो समयदेखि यसबारे समाचार पनि बाहिर आइरहेका छन् । अब पछिल्लो रिपोर्टमा गुगलको यो आगामी फोनको डिस्प्ले फिचरको बारेमा खुलासा भएको छ।
जानकारी अनुसार डिभाइसको डिस्प्लेको पीक ब्राइटनेस १२०० निट्स सम्म हुनेछ।
गुगल पिक्सेल फोल्ड डिस्प्ले
मिडिया रिपोर्टका अनुसार, विकासकर्ता कुबा वोज्सिचोस्कीले दावी गरेका छन् कि गुगल पिक्सेल फोल्डमा पाइने भित्री र बाहिरी दुवै डिस्प्ले सामसङले बनाउनेछ। यसमा भित्री भागमा पाइने ठूलो स्क्रिनको पिक्सेल रिजोल्युसन १८४०×२२०८ हुनेछ। यसको साइज १२३ एमएम x १४८ एमएम हुन सक्छ।
यसबाहेक, उनले डिस्प्लेको पीक ब्राइटनेस १२०० निट्ससम्म र औसत ब्राइटनेस ८०० निट्स हुन सक्ने दाबी गरेका छन्। अब यदि भित्री डिस्प्लेको कुरा गर्ने हो भने रिपोर्टकाअनुसार इन्टरनल डिस्प्लेले हाई रिफ्रेस रेट सपोर्ट गर्नेछ। यो १२० हर्ज रिफ्रेस रेटसंग आउन सक्छ। यसबाहेक, रिपोर्टमा फोनको हार्डवेयरको बारेमा कुनै खुलासा गरिएको छैन।
क्यामरा सेटअप
भर्खरै सार्वजनिक भएको एउटा लिक रिपोर्ट अनुसार यो फोल्डेबल फोनमा ट्रिपल क्यामरा सेटअप दिन सकिन्छ। यसमा, मुख्य सेन्सर ६४ एमपी, अल्ट्रा वाइड एंगल सेन्सर १२ एमपी र टेलिफोटो सेन्सर १०.८ एमपी हुन सक्छ। फोनको भित्री भागमा ८ एमपी क्यामरा पाउन सकिनेछ।
गुगल पिक्सेल फोल्ड फोनमा टेन्सर चिपसेट पाउन सकिने अनुमान गरिएको छ । कम्पनीले फोनको लन्च मिति बारे कुनै खुलासा गरेको छैन। तर, रिपोर्टका अनुसार यसलाई सन् २०२३ सम्ममा लन्च गर्न सक्नेछ।
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार