गुगलले जापानमा ६९० मिलियन डलर लगानी गर्ने

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
गुगलले जापानमा ६९० मिलियन डलर लगानी गर्ने

काठमाडौं ।

अल्फाबेट इंकको गुगलले सन् २०२४ सम्म जापानमा कुल १०० अर्ब येन (६९०.१३ मिलियन डलर) लगानी गर्ने योजना बनाएको छ। यसका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले शुक्रबार निक्कीलाई एक अन्तर्वार्तामा बताएको रोयटर्सले जनाएको छ।

गुगलले अर्को वर्ष टोकियो नजिक चिबा प्रिफेक्चरमा डाटा सेन्टर खोल्नेछ। यो जापानमा पहिलो हो, जसले गुगलका सेवाहरूमा छिटो र अधिक स्थिर पहुँच प्रदान गर्ने प्रकाशनले थप रिपोर्ट गरेको छ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...