ह्वाट्सएपमा मितिको आधारमा च्याट हेर्न सकिने

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार
ह्वाट्सएपमा मितिको आधारमा च्याट हेर्न सकिने

काठमाडौं ।

ह्वाट्सएपले पछिल्लो समय धेरै नयाँ फिचरमा काम गरिरहेको छ। पछिल्लो रिपोर्टका अनुसार ह्वाट्सएपले म्यासेज वाइ डेट (मितिका आधारमा पुरानो म्यासेज खोज्ने) मा काम गरिरहेको छ।

जागरणका अनुसार कम्पनीको नयाँ फिचर टेस्टिङको क्रममा छ। यो छिट्टै प्रयोगकर्ताका लागि रोलआउट गरिनेछ। यस फिचरका लागि ह्वाट्सएपमा क्यालेन्डर आइकनमा ट्याप गरेर कुनै पुरानो मितिमा भएको च्याट खोज्न सकिन्छ।

वाबेटाइन्फोका अनुसार यस फिचर पहिलो पटक दुई वर्ष अघि देखिएको थियो। कम्पनीले नयाँ फिचर केही समय परीक्षण गरेर यसलाई सार्वजनिक गर्ने योजना बनाएको छ।

रिपोर्ट अनुसार टेस्टफ्लाइटबाट आईओएस२२.०१९.७३ अपडेट पछि ह्याट्सएप बिटा जारी गरिएको थियो। ह्वाट्सएपले पुन यो फिचर जारी गर्ने योजना बनाएको छ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...