नेपाल टेलिकमका एमडी सुनिल पौडेल विरुद्ध अख्तियारमा उजुरी

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार
नेपाल टेलिकमका एमडी सुनिल पौडेल विरुद्ध अख्तियारमा उजुरी
फाइल तस्विर। नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल।

काठमाडौं ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। टेलिकममा आइपीटी र आइपीएलसी व्याण्डविच भाडामा खरिद गर्ने सन्धर्वमा प्रबन्ध निर्देशक पौडल आएबाटै विभिन्न अनुचित चलखेलहरु भइरहेको आरोपमा आयोगमा उजुरी परेको हो।

टेलिकमका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट भन्दै आयोगमा बेनामे उजुरी हालिएको हो।

यस्तो छ उजुरी

उपरोक्त सम्बन्धमा नेपाल टेलिकममा आइ पी टि (IPT) र आइ पी यल सी (IPLC) ब्याण्डविथ भाडामा खरिद गर्ने सन्धर्वमा टेलिकममा नया म्यानेजिङ्ग डाइरेक्टर (MD) सुनिल पौडेल आएबाटै बिभिन्न अनुचित चलखेलहरु भैरहेको बारे यस सम्मानित कार्यालयमा पटक पटक बिभिन्न उजुरी हामि यस टेलिकमका कर्मचारीहरुले गर्दै आएका छौ। उजुरी उपर यस सम्मानित सस्थाबाट छानविन प्रक्रिया प्रारम्भ हुनु पूर्वनै फेरी नया अनुचित भ्रष्टाचार जन्य कार्यको अर्को शृंखला सुरु भैसकेको हुन्छ त्यसर्थ यस सम्मानित सस्थाबाट तुरुन्त छानविन प्रक्रिया शुरु गरिदिनु भै एक अर्को अनुचित कार्य हुन बाट रोक्न सहयोग पुग्ने थियो भन्दै निम्न तथ्य सहित बिनम्र निबेदन गर्दछौ।

तपशिल

१- नेपाल टेलिकमले ६ अर्व २२ करोड ५७ लाख ३३ हजार ३ सय ५ रुपया बरावरको ब्याण्डविथ खरिद गर्न भनेर मिति २०७९ जेठ २३ गते टेलिकमको केन्द्रिय कार्यालयमै बैठक बसी कम्पनीको आर्थिक बिनियामावाली विनियम ६४ को ५ बमोजिम स्वीकृत समेत भैसकेको थियो। सोहि बैठकले अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने समेत निर्णय गरेर टेण्डर डकुमेण्ट निर्माण भैसकेको अवस्था थियो। तर यम डि (MD) सुनिल पौडेलको निहित आर्थिक स्वार्थबस अहिले नया टेण्डरनै आह्वान गरिएको छैन यो सरासर कम्पनीको बैठककै निर्णय बिपरित कार्य हो। यस्तो कार्य तुरुन्त रोकी पाउ।

२- सेप्टेम्बर ७ मा पुरानो टेन्डरको समय समाप्त भैसकेको छ तर आजको मितिसम्म टेन्डर आह्वान गरिएको छैन। जेठमा निर्णय हुने बित्तिकै अनुचित चलखेल तिर नलागी टेन्डर आह्वान गरेको भए अहिले काम नया ढंगले अगाडि बढीसकेको हुन्थ्यो। यस्तो हुन्छ/ हुदैछ भनेर हामि टेलिकमका कर्मचारीहरुले यस अगाडीको निवेदनमा निम्न अनुसारले जानकारी गराएका थियौ |अहिले जे भनिएको थियो या टेन्डर नगर्ने चलखेल हुदैछ भनिएको थियो त्यहि भयो स्मरणको हाम्रो यहि सेप्टेम्बर ९ को हाम्रो १३ न बुदा [” १३ नेपाल टेलिकमले यस अगाडि भाडामा लिने गरेको ब्याण्डविथको म्याद सकिन लागेको र पुन टेण्डर आह्वान गर्ने क्रममा पनि साविकका प्रावधान हटाएर निहित स्वार्थबस मिलेमोतोको कम्पनीलाई भित्राउन लागि परेको कम्पनीलाई समेत भाग लिन पाउने गरि खरिद प्रक्रिया अगाडी बढाउन खोजिएका थिए। यस बारेको पहिला गरिएको सम्झौताको अबधि ७ सेप्टेम्बरमा समाप्त हुदैछ तर आजका मितिसम्म यसबारेमा खासै प्रक्रिया अगाडि बढाइएको छै। सेवाको प्रकृति अनुसार सम्झौताको समय सकिनु अगाडिनै अर्को सम्झौता गरिसक्नु पर्नेमा अहिले सम्म पुरानो सम्झौतालाइ म्याद थप पनि गरिएको छैन र नया प्रक्रिया निहित स्वार्थबस रोकेर राखिएकोछ। ” ]

३- हाल टेन्डर डकुमेण्ट तयार भैसकेको अवस्था छ तुरुन्तै टेन्डर अह्वान गर्ने हो भने अझैपनि केहि अनियमितता रोक्न सकिन्छ। टेन्डर अवार्ड भैसकेपछि न्युनतम तिन महिनामा सम्पूर्ण मुल्याङ्कनको काम सकिएर नया बोलपत्रदाता चयन भैसक्छ। यसैपनि प्रबिधि सस्तो हुदै गएको अवस्थामा नया टेन्डर गर्दा अहिले भैरहेको रकममा भन्दा करोडौ रुपया मूल्य सस्तोमा नया बोलपत्र आउने सतप्रतिसत कुरा अहिले देखिएको प्रतिस्पर्धीको चासो अन्तरराष्ट्रिय बजारको अवस्थाले देखाउछ।

४ – अहिले (MD) यम डि सुनिल पौडेल, सिटि ओ (CTO ) प्रतिभा बैद्य ,म्यानेजर देबेन्द्र खतिवडा र डा बिमल आचार्यको मिलेमोतोमा नया टेन्डर नखोली पुरानो सप्लायर्सलाईनै करिव १ वर्ष म्याद थपेर उसग बाट करोडौ अनुचित कमिसन लिन लागेका छन्। पुरानो सप्लायर्सले अव नया टेन्डर आह्वान हुदा आफ्नो भन्दा सस्तो आउने अन्तरराष्ट्रिय बजार बुझी सकेको हुदा कति सकिन्छ सम्झौता लम्बाउने र नया टेन्डर आह्वान हुन् नदिन करोडौ कमिसन सजिलै दिन थालेकोले नया टेण्डर रोकिन पुगेको हो। अत यस्तो घृणित भ्रष्टाचार जन्य कार्य तुरुन्त रोकी नया टेन्डर अह्वान गराई भ्रष्टाचार रोकी पाउ।

५- यसरि हामि टेलिकमका कर्मचारीहरुले पटक पटक अनुचित कार्य रोक्नको लागि निबेदन दिदादिदै पनि टेलिकमका यम डि (MD) ले एक पछि अर्को अनुचित कार्य गर्दै गइ रहेकोले नेपाल टेलिकमलाई बचाउने हो भने यस्ता नियम कानुन आफ्नै कम्पनीको निर्णय बिपरित हुने गरेका अनियमित ,भ्रष्टाचारजन्य र अनुचित कार्यहरु तुरुन्त रोक्नको लागि यस सम्मानित संबैधानिक निकाय समक्ष बिनम्र निबेदन गर्दछौ।

निवेदक

नेपाल टेलिकमका सम्पुर्ण कर्मचारीहरु

संलग्न कागजात

२०७९ जेठ २३ गतेको निर्णयको माइन्युट

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन नदिएको निहुँमा साथीको हत्या

  • Technology Khabar
  • ३० भाद्र २०७९, बिहीबार