Technology Khabar १७ चैत्र २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, १७ चैत । मुक्तिनाथ विकस बैंकले काठमाडौंको सितापाईलामा ५६ औं शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराले गरे ।
जबराले बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग,सीमित बैंकिङ्ग र लघुवित्त सेवा उत्कृष्ट भएको बताए । साथै बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि देखाएको उनको भनाई छ ।
बैँकको कुल निक्षेप १५ अर्ब २० करोड रुपैयाँ छ । साथै बैंकले १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रकाशित: १७ चैत्र २०७३, बिहीबार