शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईसीटीमार्फत पढाउने विज्ञ शिक्षकको सूची तयार गर्दै

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईसीटीमार्फत पढाउने विज्ञ शिक्षकको सूची तयार गर्दै

काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्य दृश्य शाखाले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगमार्फत विज्ञ शिक्षकहरूको सूची तयार गर्ने भएको छ।

केन्द्रद्वारा विद्यालय शिक्षाका स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई पूरक सामग्रीको रूपमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगमार्फत गुणस्तरीय श्रव्य तथा श्रव्यदृश्य पाठहरू उत्पादन गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्नका लागि विषयगत विज्ञ शिक्षकहरूको सूची तयार गर्न लागिएको जनाएको छ।

कक्षा १ देखि १० कक्षासम्म शिक्षण गर्नका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह र कक्षा ११ र १२ का लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी तालिम प्राप्त गरेका र विद्यार्थीहरूको स्तर, रुचि, उमेर समूह र क्षमता बमोजिम उत्पेरणा प्रदान गर्न सक्ने तथा विषयगत ज्ञान, सीप र कला कौशलसहित अन्तरक्रियात्मक शैलीमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी शिक्षण गर्नसक्ने देशभरका इच्छुक शिक्षकहरूलाई सूचीकृत हुन आग्रह गरिएको छ।

सूचीकृत हुनका लागि यही २०७९ साल भदौ ३१ गतेभित्र संलग्न गर्नुपर्ने विवरण आफैँले प्रमाणित गरी तोकिएको ढाँचामा निवेदन दिनहुन सूचना मार्फत जानकारी दिएको छ।

केन्द्रकाअनुसार सूचीकृत हुन चाहने शिक्षकले सम्पूर्ण कागजातको स्क्यान कपी यस [email protected] इमेल ठेगानामा पठाउन वा केन्द्रमा आफैंले निवेदन दिन सकिनेछ। सूचीकृत हुने विज्ञ शिक्षकहरूको नामावली केन्द्रको वेबसाइटमा पछि प्रकाशन गरिने जनाएको छ।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार