आईफोन निर्माता फक्सकनले गुगल फोल्डेबल स्मार्टफोन निर्माण गर्ने

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
आईफोन निर्माता फक्सकनले गुगल फोल्डेबल स्मार्टफोन निर्माण गर्ने

काठमाडौं ।

गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनमा काम गरिररहेको छ। गिज्मोचाइनाका अनुसार सम्भवत गुगल फोल्डेबल स्मार्टफोन यही वर्ष सार्वजनिक हुनेछ।

रिपोर्टका अनुसार गुगलको फोल्डेबल स्मार्टफोनको नाम पिक्सल फोल्ड वा पिक्सल नोटप्याड हुनेछ। जसलाई फक्सकनले उत्पादन गर्नेछ। फक्सकन एप्पल आईफोनको कन्ट्राक्टर निर्माता पनि हो।

गुगल र फक्सकनबीच स्मार्टफोन निर्माणका लागि भएको यो पहिलो साझेदारी हैन। यस अघि फक्सकनले गुगलका लागि हाई एण्ड पिक्सल स्मार्टफोन निर्माण गरिसकेको छ।

रिपोर्ट अनुसार गुगलले यस वर्ष दुई ओटा फ्ल्यागसिप स्मार्टफोन ल्याउने योजना बनाएको छ। जसमध्ये एउटा फेल्डेबल स्मार्टफोन ‘पिक्सल नोटप्याड’ र अर्को हाई एण्ड पिक्सल स्मार्टफोन हुनेछ।

गुगल पिक्सल नोटप्याड ओप्पो फाइन्ड एनसँग मिल्दोजुल्दो छ। फोन अनफोल्ड गर्दा स्क्वायर डिजाइनको हुनेछ। फोनमा ५.८ इन्चको डिस्प्ले र कम्पनीको टेन्सर चिपसेटबाट सञ्चालित हुने चर्चा छ।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार