विशाल चिनियाँ रकेट बूस्टर अन्तरिक्षबाट पृथ्वीमा खस्दै !

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
विशाल चिनियाँ रकेट बूस्टर अन्तरिक्षबाट पृथ्वीमा खस्दै !

काठमाडौं ।

चीनले आइतबार अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्न पहिलो ल्याब मोड्युल वेन्टियन प्रक्षेपण गरेको छ। जुन रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो त्यसको स्टेज आफ्नै बलमा पृथ्वीमा खस्दैछ। यस्तो तेस्रो पटक हुन लागेको हो जहाँ चीनले आफ्नो लंग मार्च ५बी रकेटको पहिलो चरणको डिस्पोजललाई नियन्त्रण नगर्ने विषय रोजेको छ।

यसअघि सन् २०२० र २०२१ मा चिनियाँ रकेटको भग्नावशेष अनियन्त्रित रूपमा पृथ्वीमा खसेको थियो। हार्वर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्समा यी घटनाहरू ट्र्याक गर्ने अनुभवी ट्र्याकर जोनाथन म्याकडोवेलले रिपोर्ट गरेअनुसार करिब २१ टनको स्टेज आफैंमा तैरिरहेको देखिन्छ।

स्पेस डट कमका अनुसार अमेरिकी सेनाले यसबारे अहिलेसम्म कुनै अलर्ट जारी गरेको छैन, न त सामाजिक सञ्जालमा यसबारे कुनै छलफल भएको छ। सामान्यतया, रकेट स्टेज खस्दा दूर्घटनाको जोखिम धेरै कम हुन्छ, तर लङ मार्च ५बी रकेटको बडी पार्टस धेरै ठूलो हुन्छ।

उल्लेखनीय कुरा के छ भने, चीनले आइतबार वेन्तियान स्पेस स्टेशन मोड्युल प्रक्षेपण गरेको थियो। यसलाई पूर्व नियोजित योजना अनुसार तियाङगोङ स्पेस स्टेशनसँग डक गरिएको थियो। नेचर एस्ट्रोनोमीको अध्ययनले यी विशाल चरणहरूलाई अनियन्त्रित रूपमा पृथ्वीमा खसाउने अभ्यासले ‘अनावश्यक जोखिम’ निम्त्याउने बताएको छ।

यस वर्षको अप्रिलमा भारतको मध्य प्रदेश र महाराष्ट्रको आकाशमा पनि चम्किलो प्रकाश देखियो र धेरै ठाउँमा भग्नावशेष खसेको थियो । यस सम्बन्धमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यो सन् २०२१ को फेब्रुअरीमा प्रक्षेपण गरिएको चिनियाँ रकेटको पुन:प्रवेशको ‘क्लोज म्याच’ भएको बताएको थियो। रकेटको मुख्य भागहरू वायुमण्डलमा पुन: प्रवेश गर्ने समयमा जल्ने गर्दछन् तर यसको नजलेका बाँकी भागहरू जस्तै नोजल, रिंग र ट्याङ्कहरूले पृथ्वीलाई असर गर्न सक्छ।

त्यसबेला हार्वर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका अन्तरिक्ष-निरीक्षक जोनाथन म्याकडोवेलले उक्त भग्नावशेष चीनको ३बी रकेटको हिस्सा भएको बताएका थिए। त्यस्ता चीजहरूले वातावरणमा प्रवेश गर्दा धेरै हिट र घर्षण सिर्जना गर्दछ। यसले तिनीहरूलाई जलाउन सक्छ। तर ठूला चीजहरू कहिल्यै पूर्ण रूपमा नष्ट हुँदैनन्। हाल अन्तरिक्षमा तैरिरहेको २१ टनको स्टेज कहाँ खस्छ भन्ने निश्चित भइसकेको छैन।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार