
काठमाडौं ।
उक्त प्लेटफर्मले हालै अल्फाबेट अन्तर्गतको गुगलले आफ्नो जागिर खोज्ने प्लेटफर्मलाई अस्वस्थ रुपमा व्यवहार गरेको भन्दै समस्या यूरोपियन यूनियनको नियामकसमक्ष राखेका थिए।
उक्त उजुरीले ईयूको प्रतिस्पर्धाविरोधी प्रमुख मार्गरेथ भेस्टागरले गुगल फर जब्समाथि गरेको कडाईलाई अझ बढावा दिनसक्ने रोयटर्सको आकलन छ।
तीन वर्षअघि स्थापना कालमै गुगल फर जब्समाथि कडाई गरेकोमा त्यसयता जागिर सर्च गर्ने प्लेटफर्म सम्बन्धमा कुनै विशेष कदम चालेको छैन।
यूरोपेली कमिसन तथा गुगलले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ।
पछिल्ला वर्षमा भेस्टागरले विभिन्न प्रतिस्पर्धाविरोधी मुद्दामा गुगललाई ८ अर्ब यूरो जरिबाना तिराइसकेका छन्।
सन् २०१८ मा शुरु गरिएको गुगल फर जब्सले २०१९ मा २३ ओटा अनलाइन जब-सर्च वेबसाइटमार्फत् आलोचना खेप्नुपरेको थियो। उनीहरुले गुगलले आफ्नो नयाँ सेवा प्रचार गर्न जबर्जस्ती बजार कब्जा गरेकोले आफ्नो बजार हिस्सा घटेको आरोप लगाएका थिए।
प्रकाशित: १३ असार २०७९, सोमबार