गुगल म्याप्सको मनोमानीबारे जर्मनीको नियामकले छानबिन गर्ने

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
गुगल म्याप्सको मनोमानीबारे जर्मनीको नियामकले छानबिन गर्ने

काठमाडौं ।

जर्मनीको प्रतिस्पर्धाविरोधी नियामक गुगलले आफ्नो म्याप्सलाई कसरी सञ्चालन गर्छ भन्नेबारेको सम्भाव्य दोषहरुको अध्ययन गर्ने भएको छ।

फेडरल कार्टेल अफिस एफसीओले खुलाएको यो सबैभन्दा पछिल्लो छानबिन हो। यसअघि नै उक्त संस्थाले गुगलमाथि न्यूज शोकेस लाइसेन्सिङ तथा डाटा सम्बन्धमा छानबिन गरिरहेको छ।

तर म्याप्सका बारेमा शुरु गरिएको छानबिन भने नियन्त्रणको कठोर दुरुपयोग सम्बन्धमा रहेको र यसलाई गत जनवरीदेखि जर्मनीमा रहेको गुगलको व्यापारसँग जोडिँदै आएको टेकक्रञ्चे उल्लेख गरेको छ।

नियामकले यसरी छानबिन गर्ने भएपछि सम्भाव्य प्रतिस्पर्धाविरोधी कुराहरु आकर्षित हुने भएकाले गुगलले एफसीओको अझ धेरै छानबिनको सामना गर्नुपर्ने र विस्तारै टुंगो लगाइँदै जाने बुझिएको छ।

गुगल म्याप्स छानबिन बारे एफसीओका अध्यक्ष आन्द्रियास मुन्ट भन्छन्, ‘हाम्रो जानकारी अनुसार गुगलले आफ्नो तथा तेस्रो पक्षको म्याप्स सेवाबिचको समन्वय रोकिरहेको छ, उदाहरणका लागि गुगल म्याप्सको लोकेशन डाटा इम्बेड गर्दा म्याप्समा रहेको सर्च फङ्शन वा गुगल स्ट्रीट भ्यूलाई गुगलले उपलब्ध गराएको छैन।’

एफसीओले गुगल म्याप्स प्लेटफर्मका उपभोक्ता तथा प्रतिस्पर्धीसँग छानबिनका क्रममा सोधपूछ भइरहेको बताएको छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार