
काठमाडौं ।
गुगलले आफ्नो इन्स्ट्यान्ट मेसेजिङ सेवा गुगल टक ह्याङ्गआउट्स बन्द गरेको घोषणा गरेको छ। यो जानकारी एन्ड्रोइड पुलिस रिपोर्टद्वारा प्राप्त भएको छ।
यो सेवा सन् २००५ मा सुरु भएको थियो। जीटक (GTalk) केही समयको लागि रोकिएको थियो, र केहि वर्ष पहिले २०१७ मा प्रयोगकर्ताहरूलाई गुगल ह्याङ्गआउट्समा स्विच गर्न सल्लाह दिइएको थियो।
रिपोर्टहरूकाअनुसार यो मेसेजिङ एप पिडगिम र गाजिम जस्ता सेवाहरूमा तेस्रो-पक्ष एपहरू मार्फत पहुँच गरिएको थियो, यद्यपि अब यो सेवा १६ जून अर्थात आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
गुगलले २००५ मा गुगल टक्स (GoogleTalks) सुरु गर्यो, र त्यो समयमा यो स्काइप र एमएसएनसँग प्रत्यक्ष प्रतिस्पर्धामा थियो। कम्पनीले यसमा भ्वाइस र भिडियो कल सुविधा ल्याएको थियो। यो सेवा केही दिन लोकप्रिय रह्यो, तर त्यस पछि २०१७ मा मानिसहरूलाई गुगल ह्याङ्गआउट्समा सर्ने सल्लाह दिइएको थियो।
फेरी २०२० मा, गुगल ह्याङ्गआउट्सलाई गुगल च्याटको रूपमा पुन: ब्रान्ड गरिएको थियो, र वर्कस्पेसका लागि गुगल च्याटले मूल ह्याङ्गआउट्सलाई प्रतिस्थापन गर्यो।
गुगल टकको समर्थन पृष्ठमा, गुगल टक्स बन्द गर्न लागेको गुगलले घोषणा गरेको छ र यसले अब तेस्रो पक्षीय एपहरूलाई समर्थन गर्दैन। जुन १६ पछि, यो सेवामा साइन इन गर्ने प्रयास गर्ने जो कोहीले त्रुटि देख्नेछन्।
प्रकाशित: २ असार २०७९, बिहीबार