पिक्सेल ६ए आधिकारिक बिक्री अघि फेसबुक मार्केटप्लेसमा सूचीकृत

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
पिक्सेल ६ए आधिकारिक बिक्री अघि फेसबुक मार्केटप्लेसमा सूचीकृत

काठमाडौं ।

गुगलको पिक्सेल ६ए आधिकारिक रुपमा सार्वजनिक हुनुअघि फेसबुक मार्केटप्लेसमा सूचीकृत भएको छ।

यो डिभाइसको अनबक्सिङ भिडियो भने केही दिनअघि सार्वजनिक भइसकेको छ। त्यसपछि भने हालै उक्त डिभाइसको सूचीकरण फेसबुक मार्केटप्लेसमा भएको हो।

यो सूचीकरण अहिले भने हटाइसकिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

गुगलको सबैभन्दा पछिल्लो ए सिरिजको फोन जुलाई २८ मा खुला बिक्रीमा जाने भए पनि आधिकारिक रुपमा सार्वजनिक हुनु अघि यो डिभाइस पाउनेले यसको डिजाइन शेयर गरेका छन्।

यसमा चारकोल रंगको भेरियन्ट देखाइएको छ र ६.१ इन्च ओएलईडी डिस्प्ले र ८ मेगापिक्सेलको पन्चहोल क्यामरा रहेको देखिएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार