
काठमाडौं ।
नासाले आफ्नो आगामी स्पेसएक्स मिसनमा रुसी अन्तरिक्षयात्री समावेश गर्न पहल गरिरहेको छ।
रुसद्वारा यूक्रेनमाथि हमला भएको तीन महिना बित्दा रुस तथा अमेरिकाको सहकार्यमा रहेको अन्तरराष्ट्रिय स्पेस स्टेशन पृथ्वीमा खस्न सक्ने खतरा बढेको छ।
रुस-यूक्रेन युद्धका कारण पश्चिमी देशहरुले रुसमाथि लगाएका विभिन्न प्रतिबन्ध नहटाए आईएसएसमा अमेरिकासँग सहकार्य नगर्ने धम्की रुसका तर्फबाट आइरहेकाले यस्तो समस्या बढेर गएको हो।
तर रुसले यसो भन्दै गर्दा आईएसएसमा पुग्ने अन्तरिक्षयात्रीका सम्बन्धमा भने केही फेरबदल हुने देखिएको छ।
एआरएसटेक्निका डटकमका अनुसार विवाद शुरु हुनुअघि नासा तथा रुसले यो शरद ऋतुका लागि सीट स्वापको योजना बनाएका थिए। जसअनुसार अन्ना किकिना नामक रुसी अन्तरिक्षयात्री पहिलोपटक आईएसएसमा जाने योजना रहेको थियो।
हाल किकिनालाई क्रू ५ को सदस्यका रुपमा आगामी सेप्टेम्बरमा उडाउने योजना भइरहेको छ जुन नासाका अन्तरिक्षयात्री निकोल मानको नेतृत्वमा हुनेछ।
त्यसै समयमा नासाका अन्तरिक्षयात्री फ्रांक रुबियो सेर्गेई प्रोकोपिभको नेतृत्वमा रहेको सोयुज-एमएस-२२ मा अन्तरिक्षमा जानेछन्।
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार