
काठमाडौं ।
सोलुखुम्बुमा केही दिनदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ।
करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रस्ट नसुनिने, फोन काटिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् ।
घाम लागेको समयमा केही कम भए पनि मौसम धुम्मिएसँगै नेटवर्कको समस्या बढी देखिने गरेको छ।
जिल्लाको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा देखिएको उक्त समस्या सोताङ, नेले, गोरा, टाप्टिङलगायतका स्थानमा पनि देखिएको प्रयोगकर्ताहरूको भनाइ छ तर नेपाल टेलिकम शाखा कार्यालय सल्लेरी भने समस्याको विषयमा बेखबर देखिएको छ। गोरखापत्रबाट
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार