ट्विटर सम्झौतामा मस्कले १ अर्ब डलर जरिबाना तिर्नुपर्ने संकेत

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
ट्विटर सम्झौतामा मस्कले १ अर्ब डलर जरिबाना तिर्नुपर्ने  संकेत

काठमाडौं ।

ट्विटर सम्झौता सम्बन्धमा इलन मस्कले १ अर्ब डलर जरिबाना तिर्नुपर्ने भएको छ।

ट्विटरले शुक्रबार इलन मस्कको ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौताको प्रतीक्षा समय अन्त्य भएको बताएको छ।

अब यसमा ट्विटरको स्टक होल्ड वा नियामक निकायको अनुमोदन मात्र बाँकी छ। मस्कले केही समयअघि ट्विटर खरिद गर्ने घोषणा गरेका थिए। यो घोषणाको केही दिनपछि उनले ट्विटरका बारेमा थप जानकारी बटुल्नका लागि यसलाई ‘टेम्पोररी होल्ड’ मा राखेका थिए।

अमेरिकामा ठूलो रकमका लागि एचएसआर एक्ट अर्थात् एचएसआर ऐन रहेको छ। यसको पूरा रुप हार्ट स्कट रोडिनो एन्टिट्रस्ट इम्प्रुभमेन्ट एक्ट हो।

यस अन्तर्गत कुनै कम्पनी अर्बौं डलरको सम्झौता गर्दा सम्बन्धित पक्षहरुले फेडरल ट्रेड कमिशन तथा अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस एन्टिट्रस्ट डिभिजनलाई समीक्षाका लागि जानकारी दिनु पर्ने हुन्छ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार