
काठमाडौं ।
नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ।
शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो। यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए।
“मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु। यस कार्यक्रमका सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ। यो कार्यक्रम अवधिभर मात्र नभएर सधैंभरी कायम गर्नुपर्छ,’ उनले भने।
उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए। साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरुपमा लाभान्वित हुनेपनि उनले बताए।
यस्तै, सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो। साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार