
काठमाडौं ।
अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आईडीसी) द्वारा प्रकाशित प्रतिवेदनअनुसार चीनको सार्वजनिक क्लाउड सेवा बजारले आगामी पाँच वर्षमा ३०.९ प्रतिशतको चक्रवृद्धि दर दर्ता गर्नेछ।
आईडीसीले सन् २०२६ सम्ममा बजारको आकार १०५.७६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ।
चीनको सार्वजनिक क्लाउड सेवा बजारको विश्वव्यापी हिस्सा सन् २०२१ मा ६.७ प्रतिशतबाट बढेर ९.९ प्रतिशत पुग्ने आईडीसीले जनाएको छ।
उद्यमहरूको डिजिटल रूपान्तरणको तीव्र गति र देशको नीतिगत प्रोत्साहनले नयाँ अवसरहरू ल्याउने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार