
काठमाडौं ।
रुस युक्रेन बिचको युद्धमा मोबाइल अपरेटर कम्पनी भोडाफोनले ठूलो क्षति बेहोरेको जनाएको छ।
रुसी सेनाले भोडाफोन युक्रेनको १.५ अर्ब युक्रेनी मुद्रा अर्थात करिब ५ करोड डलर भन्दा बढीको पूर्वाधारमा क्षति पुर्याएको छ।
युक्रेनमा सेवा संचालन गरिरहेको अपरेटर भोडाफोनका सीईओ ओल्गा उस्टिनोभाका अनुसार कम्पनीले सो रकम बराबर क्षति बेहोरेको छ। यदपी सो रकम अन्तिम भने नभएको बताईएको छ र क्षति थप हुनसक्ने अनुमान छ।
टेकलिगानेट रिपोर्टअनुसार उनले रूसी सेनाले उद्देश्यका साथ दूरसञ्चार पूर्वाधार नष्ट गरेको दाबी गर्छिन्।
उस्तिनोभाका अनुसार, दूरसंचार पूर्वाधारमा आक्रमणकारीहरूको आक्रमण प्रायः जानाजानी थियो। विशेष गरी, रूसी सेनाले बेस स्टेशनहरूमा गोलाबारी गरे र ग्रेनेडहरूका साथ पावर केबलहरू उडाएका थिए।
हाल, कम्पनिको ९० प्रतिशतभन्दा बढी सञ्जाल अहिले पनि सञ्चालनमा रहेको बताईएको छ।
कम्पनीले ४ लाख ग्राहकहरू गुमायो जो मार्चमा बसाइँ सरेका थिए र ५६० मिलियन युक्रेनी मुद्रा बराबरको निःशुल्क सेवाहरू प्रदान गरेका थिए।
प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार