मास्टरकार्डद्वारा फेसियल रिकग्निशन र बायोमेट्रिकमार्फत् भुक्तानी गर्न सकिने प्रविधि शुरु

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
मास्टरकार्डद्वारा फेसियल रिकग्निशन र बायोमेट्रिकमार्फत् भुक्तानी गर्न सकिने प्रविधि शुरु

काठमाडौं ।

मास्टरकार्डले अनलाइन क्रेताहरुका लागि भुक्तानी गर्न नयाँ प्रविधिको शुरुवात गर्ने भएको छ।

कम्पनीले मंगलबार खुद्रा व्यापारीहरुका लागि फेसियल रिकग्निशन तथा फिंगरप्रिन्ट स्क्यानिङजस्ता बायोमेट्रिक भुक्तानी प्रणाली सार्वनिक गरेको सीएनबीसीले जनाएको छ।

यो प्रविधिमार्फत् चेक आउट गर्दा यूजरहरुले कार्ड स्वाइप गर्नुको साटो आफ्नो अनुहार वा हत्केला देखाएर भुक्तानी गर्न सक्नेछन्।

उक्त सार्वजनिक कार्यक्रम साओ पाओलो, ब्राजिलका सेन्ट मार्च ग्रोसरीका पाँच आउटलेटमा लागू भइसकेको बुझिएको छ।

‘हामीले गरेका सबै अनुसन्धानले उपभोक्तालाई बायोमेट्रिक मन पर्ने देखाएका छन्’, मास्टरकार्डको साइबर एन्ड इन्टेलिजेन्सका अध्यक्ष अजय भल्लाले भने।

उनले उपभोक्ताहरुले यस्ता स्टोरमा भुक्तानी गर्ने तरिका आफ्ना फोन खोलेजस्तै सहज होस् भन्ने चाहेका पनि थपेका छन्।

सीएनबीसीका अनुसार सन् २०२५ सम्ममा लगभग १ अर्ब ४० करोड उपभोक्ताले भुक्तानीका लागि फेसियल रिकग्निशन प्रविधि प्रयोग गर्ने आकलन गरिएको छ।

यो आँकडा जुनिपर रिसर्चले गरेको प्रक्षेपण अनुसार सन् २०२० मा रहेको ६७ करोड १० लाखको दोब्बरभन्दा अलि बढी रहेको बुझिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार