
काठमाडौं ।
अमेरिकाले उत्तर कोरिइली आईटी कामदारहरु राख्ने सम्बन्धमा चेतावनी जारी गरेको छ।
ती कामदारहरुले आफ्ना सही परिचय लुकाउँदै प्योङ्याङका लागि रकम चोर्ने उद्देश्यले रिमोट वर्क अर्थात नेपथ्यबाट गरिने काम खोजिरहेका उसको बुझाइ छ।
तीमध्ये धेरैले आफू एसियाकै अन्य भागबाट भएको बहाना गर्ने गरेको अमेरिकी सरकारले जनाएको छ।
उनीहरुले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गर्दै उत्तर कोरियाको हतियार कार्यक्रमका लागि रकम खोज्न सहयोग गरिरहेको बीबीसीले उल्लेख गरेको छ।
उत्तर कोरियाले पछिल्लो समयमा थुप्रै मिसाइल परीक्षण गर्दै आइरहेको छ।
गत मार्चमा उत्तर कोरियाले सन् २०१७ यता पहिलोपल्ट प्रतिबन्धित अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि परीक्षण गरेको थियो।
प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार