
काठमाडौं ।
भारतका दुई प्रमुख आईटी कम्पनीहरु एल एण्ड टी इन्फोटेक र माइन्डट्री बिच मर्जरको घोषणा भएको छ। दुबै सफ्टवेयर कम्पनीहरू इन्जिनियरिङ विशाल एल एण्ड टी (लार्सन एन्ड टुब्रो) समूहका हिस्सा हुन्।
मर्जरपछि नयाँ कम्पनीको नाम एलटीआईमाइन्डट्री (LTIMindtree) हुनेछ। एल एण्ड टीले दुबै आईटी कम्पनीहरूलाई मर्ज गर्ने निर्णय गरेको हो जसले २२ अर्ब डलरको ठूलो आईटी कम्पनी बनाउनेछ। यो मर्जरपछि विश्वव्यापी आईटी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न र ठूला अर्डरहरू प्राप्त गर्न सम्भव हुने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
भारतको पाँचौं ठूलो आईटी कम्पनी हुने
मर्जर पछि, एलटीआईमाइन्डट्री टेक महिन्द्रालाई पछि पार्दै भारतको पाँचौं ठूलो आईटी कम्पनी बन्नेछ। दुवै सफ्टवेयर कम्पनी मर्जर हुन ९ देखि १२ महिना लाग्न सक्छ। लेनदेन पूरा गर्न समिति गठन गरिनेछ।
समाचार रिपोर्टकाअनुसार यो मर्जरपछि माइन्डट्रीका सेयरधनीले १०० कित्ताको सट्टा ७३ ओटा एलएण्डटी इन्फोटेक सेयर पाउनेछन् । मर्जरपछि एलटीआईमाइन्डट्रीको नयाँ शेयर स्टक एक्सचेन्जमा कारोबार हुनेछ। लार्सन एन्ड टुब्रोले एलटीआईमाइन्डट्रीमा ६८.७३ प्रतिशत सेयर राख्ने छ। दुई कम्पनीमा जम्मा ८१ हजार ७१९ कर्मचारी रहनेछन् ।
मर्जरपछि दुवै कम्पनीको आम्दानी ३.५ अर्ब डलर २७,००० करोड भारुको हाराहारीमा हुने बताईएको छ। एल एण्ड टी इन्फोटेकको मार्केट क्याप १.०३ लाख करोड भारु छ भने माइन्डट्रीको मार्केट क्याप ६५,००० करोड भारुको नजिक छ। एल एण्ड टी ले २०१९ मा माइन्डट्री खरिद गर्यो, जसमा यसको ६१ प्रतिशत हिस्सेदारी छ।
प्रकाशित: २४ बैशाख २०७९, शनिबार