
काठमाडौं ।
ह्वाट्सएपले रियाक्शन फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
मेटाका सीईओ मार्क जुकरबर्गले बिहीबार ह्वाट्सएपमा रियाक्शन फिचर शुरु भएको आधिकारिक पोस्ट गरेका हुन्।
यो फिचरको सहायताले कुनै पनि च्याटमा टेक्स्ट म्यासेजको साटो इमोजीमार्फत् जवाफ दिन सकिने भास्कर डटकमले जनाएको छ।
यस्तो फिचर फेसबुकमा यसअघि नै उपलब्ध छ। अब भने ह्वाट्सएपमा यसलाई उपलब्ध गराइएको हो।
यसका लागि च्याट बक्समा गएर इमोजी सेलेक्ट गरिरहनु भने पर्दैन। मेसेजमा केहीबेर प्रेस गरेपछि इमोजी देखा पर्छन र तीमध्ये एउटालाई सेन्ड गर्न सकिन्छ।
कम्पनीले हाल उपलब्ध गराएका इमोजीहरु ६ प्रकारका छन्।
प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार