
काठमाडौं ।
मेटा प्लेटफर्मले बुधबार आफ्नो पहिलो भौतिक स्टोरको झलक प्रस्तुत गरेको छ।
यो स्टोरमा भर्चुअल रियालिटी हेडसेटमा खेलिएको गेमहरु डिस्प्ले गर्न भूईँदेखि सिलिङसम्म फैलिएको डिस्प्लेका साथै भिडियो कलिङ डिभाइस परीक्षण गर्नका लागि छुट्टै कोठाको पनि व्यवस्था गरिएको छ।
मे ९ मा खोलिएको उक्त स्टोर क्यालिफोर्नियाको बर्लिङ्गेम शहरमा रहेको सिलिकन भ्यालीस्थित मेटाको रियालिटी ल्याब्स यूनिटको मुख्य क्याम्पसमा रहेको रोयटर्सले जनाएको छ।
उक्त यूनिटले हार्डवेयर उत्पादनहरु डेभलप गरिरहेको र रे-ब्यान स्मार्ट ग्लास, पोर्टल भिडियो-कलिङ डिभाइस तथा ओक्युलस हेडसेटहरु बिक्री गर्ने लक्ष्य लिएको बुझिएको छ।
यो स्टोर एप्पलको दशकौंअघिको झैं साधारण खालको देखिने समाचारमा उल्लेख छ।
प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार