ठूला प्रविधि कम्पनीमाथि अंकुश लगाउने तयारीमा बेलायत सरकार

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
ठूला प्रविधि कम्पनीमाथि अंकुश लगाउने तयारीमा बेलायत सरकार

काठमाडौं ।

बेलायत सरकारले फेसबुक, गुगल लगायतका ठूला प्रविधि कम्पनीका लागि नयाँ प्रतिस्पर्धाविरोधी नियम लागू गर्ने भएको छ।

यी नियमहरु उल्लङ्घन गरेमा धेरै रकम जरिबाना तिर्नुपर्ने सरकारले जनाएको छ।

डिजिटल मार्केट यूनिट डीएमयूलाई केही संस्थाहरुका अवैध क्रियाकलापमाथि अंकुश लगाउन अधिकारि दिइएको बुझिएको छ।

उक्त नियामक संस्थासँग कम्पनीहरुमाथि यो नीतिको उल्लङ्घन गरेमा उनीहरुको वैश्विक आम्दानीको १० प्रतिशतसम्म जरिबाना लगाउन सक्ने अधिकार नीहित हुने बीबीसीले उल्लेख गरेको छ।

यो नीतिले प्रविधि कम्पनीहरुबिचको प्रतिस्पर्धा बढाउने मात्र नभई यूजरलाई आफ्ना डाटा नियन्त्रण गर्न अझ बढी अधिकार प्रदान गर्ने बुझिएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

  • Technology Khabar
  • २३ बैशाख २०७९, शुक्रबार
Desktop Popup ImageMobile Popup Image×