लकडाउनका पीडा एनएफटीमार्फत् जीवन्त राख्दै शांघाईका जनता

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
लकडाउनका पीडा एनएफटीमार्फत् जीवन्त राख्दै शांघाईका जनता

काठमाडौं ।

शांघाईका जनताले कोरोनाकालको लकडाउनलाई जीवन्त राख्न एनएफटीको प्रयोग गर्ने भएका छन्।

यसका लागि उनीहरुले लकडाउनका समयका फोटो, भिडियो तथा चित्रकलाहरुलाई एनएफटीका रुपमा मिन्ट गर्दै डिलिट हुने जोखिमबाट जोगाएका छन्।

पछिल्लोपटकको कोरोनाकालमा शांघाईका साढे २ करोड जनता घरबाट बाहिर निस्कन नपाएका, खानेकुरादेखि औषधि उपचार गर्न पनि नपाएका पीडा उनीहरुले ती एनएफटीमा उतारेका छन्।

यी फोटो, भिडियो तथा चित्रकलाका माध्यमबाट अनलाइनमा सरकारविरुद्ध आक्रोश पोखेका कारण सरकारले स्थिति सहज बनाउन ती सामग्री हटाउने डर भएकाले तिनीहरुलाई एनएफटीमा परिणत गरेर डिजिटल सुरक्षा अपनाएको रोयटर्सले जनाएको छ।

ती सामग्रीलाई ओपनसी जस्तो विश्वको सबैभन्दा ठूलो एनएफटी बजारमा राखेर क्रिप्टोकरेन्सी आम्दानी पनि हुने र ब्लकचेनमा राखिएका सामग्री हटाउन पनि नमिल्ने भएकाले सुरक्षित हुने हुँदा यो उपाय अपनाएको बुझिएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार