
काठमाडौं ।
ट्विटरमा रहेका व्यावसायिक तथा सरकारी एकाउन्टहरुले अब केही शुल्क बुझाउनु पर्ने टेस्लाका सीईओ इलन मस्कले बताएका छन्।
यो निर्णय ट्विटरको बोर्डले मस्कलाई ४४ अर्ब डलरमा कम्पनी बेच्न तयार भएपछि आएको हो।
तर उनले अन्य सर्वसाधारण प्रयोगकर्ताका लागि भने ट्विटर सधैं नि:शुल्क नै रहने प्रतिबद्धता पनि व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
मस्कले यसअघि आफूले ट्विटरलाई नयाँ फिचर थप गरेर पहिलेभन्दा अझ राम्रो बनाउन चाहेको बताएका थिए।
Ultimately, the downfall of the Freemasons was giving away their stonecutting services for nothing
— Elon Musk (@elonmusk) May 3, 2022
ट्विटरले भने यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: २१ बैशाख २०७९, बुधबार