
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंकले आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धानका लागि ल्याङ्ग्वेज मोडल खुला गरेको छ।
कम्पनीले यसबरेमा मंगलबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
मेटाले आफ्नो ल्याङ्ग्वेज मोडल पहिलो १७५ अर्ब प्यारामिटरयुक्त मोडल भएको र यसलाई विस्तृत एआई अनुसन्धान समुदायमाझ उपलब्ध गराइने जनाएको छ।
लार्ज ल्याङ्ग्वेज मोडलहरु प्राकृतिक भाषा प्रशोधन प्रणालीहरु हुन् जुन अथाह टेक्स्टलाई मिलाएर निर्माण गरिएको हुन्छ र तिनीहरुले प्रश्न बुझेर उत्तर दिने तथा नयाँ टेक्स्ट निर्माण गर्ने पनि सामर्थ्य राख्छन्।
एउटा ब्लग पोस्टमा मेटाले आफ्नो ‘ओपन पर्टेन्ड ट्रान्सफर्मर (ओपीटी-१७५बी)’ मोडलले अनुसन्धाताको लार्ज ल्याङ्ग्वेज मोडलले कसरी काम गर्छ भन्ने बुझ्ने क्षमतामा सुधार ल्याउने उल्लेख गरेको छ।
प्रकाशित: २१ बैशाख २०७९, बुधबार