ह्वाट्सएपमा अब च्याट लिस्टमै स्टाटस अपडेट देखिने

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
ह्वाट्सएपमा अब च्याट लिस्टमै स्टाटस अपडेट देखिने

काठमाडौं ।

ह्वाट्सएप एउटा नयाँ स्टाटास अपडेटमा काम गरिरहेको छ। यो अपडेट आएपछि च्याट लिस्टमै स्टाटस अपडेट देख्न सकिने भास्कर डटकमले उल्लेख गरेको छ।

ह्वाट्सएपमा नयाँ फिचर आएपछि यूजरले आफ्ना कन्ट्याक्टका स्टाटस छिट्टै देख्न सक्ने बताइएको छ।

यसबाहेक ह्वाट्सएपले यसअघि नै डेस्कटप यूजरका लागि पोल अर्थात् जनमत फिचरमा पनि काम गरिरहेको बुझिएको छ।

यसको सहायताले समूहका सदस्यले कुनै पनि विषयमा मत जाहेर गर्नसक्ने भास्कर डटकमले लेखेको छ। यसको साथै कुन विकल्प वा अप्शनमा कति मत आयो भन्ने डाटा पनि हेर्न सकिनेछ।

कन्ट्याक्टको प्रोफाइल पिक्चरमा क्लिक गरेपछि अपडेट देखिने

ह्वाट्सएपका फिचरहरुका बारेमा जानकारी गराउने वेबसाइट डब्लूएबिटाइन्फोले च्याट लिस्टबाट स्टाटस देखिने फिचरका बारेमा जानकारी दिएको छ।

साइटका अनुसार कुनै ह्वाट्सएप यूजरले आफ्नो कन्ट्याक्टको प्रोफाइल पिक्चरमा क्लिक गरेमा उसको स्टाटस अपडेट समेत देखिनेछ।

ह्वाट्सएपको यो फिचर इन्स्टाग्राम तथा फेसबुकको जस्तै हुने बुझिएको छ। ह्वाट्सएपमा स्टाटस फिचर २०१७ देखि उपलब्ध हुँदै आएकोमा यो नयाँ फिचर अपडेटपछि स्टाटस हेर्नका लागस छुट्टै स्टाटस ट्याब आउन शुरु गर्नेछ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार