ट्विटरको सीईओ लगायत विभिन्न पदमा रोजगारी दिन आग्रह गर्दै मस्कलाई आवेदनको ओइरो

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
ट्विटरको सीईओ लगायत विभिन्न पदमा रोजगारी दिन आग्रह गर्दै मस्कलाई आवेदनको ओइरो

काठमाडौं ।

केही दिन अघि ४४ अर्ब डलरमा ट्विटर किने यता ट्विटरको सीईओ र उपाध्यक्ष पद सम्हाल्न सक्ने दावी सहितका आवेदनहरु इलन मस्कसमक्ष आउन थालेका छन्।

हालै मस्कको ट्विटर ह्याण्डललाई ट्याग गर्दै उनका फ्यान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका फलोअरहरुले भविष्यमा ट्विटरमा काम गर्ने मनशायसहितका आग्रह गरेका छन्।

भास्कर डटकमका अनुसार उनीहरुले ट्विटर कम्पनी इलन मस्कसँग काम गर्न चाहेको विचार व्यक्त गरेका छन्।

एउटा पोलिङ ऐप टीबीएचकी सह-संस्थापक निकिता बायरले आफूलाई ट्विटर प्रडक्टको उपाध्यक्ष बनाउन आग्रह गर्दै ट्वीट गरेकी छिन्। उनले उक्त पोस्टमा आफूले ११ वर्षदेखि सोशल मिडिया एप्स डेभलप गर्दै आइरहेको उल्लेख गरेकी छिन्।

यसै क्रममा अर्का फ्यान फ्रिडम्यानले ट्वीटमा लेखेका छन्, ‘यो ट्वीट आफूलाई ट्विटरको अफिसयल चिफ लभ अफिसरको पदमा जागिर दिइयोस् भन्ने आवेदन हो। मेरो मासिक तलब ६९ डलर हुने र त्यसलाई क्रिप्टोमा भुक्तानी दिनुपर्नेछ। यसको बदलामा म सन्सारमा प्रेमको मात्रा बढाउनका लागि जुनसुकै तरिकाले काम गर्न इच्छुक हुनेछु।’

यस्तै स्टार ट्रेक फ्रेन्चाइजीमा यूएसएस इन्टरप्राइकास क्याप्टेन जेम्स टी. कर्कको भूमिकामार्फत् ख्याति कमाएका नायक विलियम शाटनरले पनि आफू अनुभवी भएको ब्यहोराको पोस्ट लेख्दै आफूलाई ट्विटरको ब्राण्डमा काम गर्न दिन आग्रह गरेका छन्।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...