
काठमाडौं ।
गुगल मेटा तथा अन्य ठूला अनलाइन प्लेटफर्मका लागि यूरोपियन यूनियनले नयाँ अनलाइन नियम लागू गर्ने भएको छ।
गत शनिबार ईयू राष्ट्रहरु ईयूका विधायकहरुबिच भएको सम्झौता अनुसार अवैध सामग्री तथा अथाह रकमको जरिबानाबाट बच्नका लागि प्रविधि कम्पनीहरुले अझ थप कसरत गर्नुपर्ने देखिएको छ।
उक्त सम्झौता १६ महिनाको छलफलपछि आएको रोयटर्सले जनाएको छ।
डिजिटल सर्भिसेज एक्ट डीएसए नामक उक्त विधेयक ईयूको प्रतिस्पर्धाविरोधी प्रमुख मार्गरेथ भेस्टागरको गुगल, फेसबुक लगायत अन्य अमेरिकी प्रविधि कम्पनीहरुलाई नियन्त्रण गर्ने दोस्रो प्रयासस्वरुप आएको बुझिएको छ।
अघिल्लो महिना भेस्टागरले गुगल अमेजन एप्पल मेटा तथा माइक्रोसफ्टलाई यूरोपमा उनीहरुका मुख्य व्यावसायिक रणनीति परिवर्तन गराउनका लागि डिजिटल मार्केट्स एक्ट लागू गरेकी थिइन्।
‘हामीले डीएसए सम्बन्धमा एउटा सम्झौता गरेका छौं: डिजिटल सर्भिसेज एक्टले नारामा मात्र नभई व्यवहारिक रुपमै अफलाइनमा अवैध मानिएका सामग्रीहरुलाई अनलाइनमा पनि अवैध नै मानियोस् भन्ने कुरालाई सुनिश्चित गर्नेछ’, उनले ट्विटरमा लेखेकी छिन्।
प्रकाशित: १२ बैशाख २०७९, सोमबार