पिक्सेल वाचको विवरण फेरि लीक, फिटबिट जस्तै डिजाइन

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
पिक्सेल वाचको विवरण फेरि लीक, फिटबिट जस्तै डिजाइन

काठमाडौं ।

गुगल पिक्सेल वाचका विवरण फेरि लीक भएका छन्। हालै ९१मोबाइल्सका लागि इभान ब्लासले जारी गरेको रिपोर्टमा गुगलको आउँदै गरेको उक्त स्मार्ट

गुगलको पिक्सेल ब्राण्डको पहिलो स्मार्टवाचको डिजाइन झट्ट हेर्दा फिटबिटसँग मिल्दोजुल्दो देखिएको छ।

वाचफेसमा रहेको एउटा आइकनमा फिटबिटको लोगो देखिएको छ जसबाट गुगलले स्वामित्व अधिग्रहण गरेको ब्राण्डलाई आफ्नो पिक्सेल ब्राण्डसँग संयोजन गर्ने संकेत मिलेको छ।

गुगलले फिटबिटको स्वामित्व लिने घोषणा २०१९ मा गरेको भए पनि यसले मूर्त रुप लिन भने सन् २०२१ सम्म लागेको थियो।

कम्पनीले पिक्सेल वाच सार्वजनिक हुँदा वेयरओएस ३.१ सहित आउने बताएको छ।

हालै लीक भएको विवरण यसअघि लीक भएको पिक्सेल वाचको विवरणसँग लगभग मेल खाएको देखिन्छ जसमा वाच गोलाकार र डिजिटल क्राउनसहितको देखिएको छ।

यी सबै विवरण लीकमा आधारित भएका र पिक्सेल वाचको पूर्ण विवरण आगामी मे ११-१२ मा आयोजना हुने गुगल इनपुट/आउटपुट इभेन्टमा जानकारी गराइने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार