भिभो एस१५ई का लागि ६६ वाट चार्जिङ सुनिश्चित, अप्रिल २५ मा आउने

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
भिभो एस१५ई का लागि ६६ वाट चार्जिङ सुनिश्चित, अप्रिल २५ मा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको एस१५ई स्मार्टफोन आगामी अप्रिल २५ सार्वजनिक हुने भएको छ।

कम्पनीले हालै उक्त डिभाइसका केही विवरणसहित सार्वजनिक हुने मिति पनि आधिकारिक रुपमा बाहिर ल्याएको हो। जस अनुसार अप्रिल २५ का दिन चीनमा स्थानीय समय अनुसार बेलुकी ७ बजे भिभो एस१५ई सार्वजनिक हुनेछ।

बाहिर आएका विवरणहरु अनुसार यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्टसहित ४७०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिनेछ। यसबाहेक १२ जीबीसम्म र्याम र २५६ जीबीसम्म आन्तरिक स्टोरेजको साथमा ५ एनएम प्रोसेसमा बनेको चिपसेट उपलब्ध हुनेछ।

उक्त चिपसेट कुन हुने भन्ने प्रस्ट नभइसके पनि एक्स७० र एक्स६० मा झैं सामसङको एक्जिनोस १०८० राखिन सक्ने अनुमान गरिएको छ।

यसमा पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने र चार ओटा रंग संयोजनमा आउने जीएसएमएनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...