
काठमाडौं ।
ह्वावेको आउँदै गरेको विद्युतीय सवारीलाई चीनको एमआईआईटी डाटाबेसको सर्टिफिकेशन प्राप्त भएको छ।
कम्पनीले आफ्नो पहिलो ईभी अर्थात् विद्युतीय सवारी एआईटीओ सहायक ब्राण्डमार्फत् सन् २०२१ मा चीनमा सार्वजनिक गरेको थियो।
कम्पनीले यसअघि निकालेको ईभीको नाम एआईटीओ एम५ रहेको र अब आउन लागेको मोडलको नाम भने एआईटीओ एम७ रहने गिज्मोचाइनाले उल्लेख गरेको छ।
एम५ अटोमोबाइल उद्योगमा आफ्नो विज्ञता विस्तार गर्नका लागि ह्वावेको निकै गम्भीर व्यापारिक रणनीति बन्न सफल भएको थियो।
एआईटीओको मजबुबत बिक्री तथा शिपमेन्टको आँकडाले ह्वावेका लागि विद्युतीय सवारी बजारमा निरन्तरता दिन प्रोत्साहन गर्ने देखिएको छ।
एमआईआईटी डाटाबेसमा सूचीकृत नयाँ विद्युतीय सवारीको विवरणले पनि ह्वावेको यो चासो प्रस्ट्याएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार