रुसमा गिटहबका एकाउन्टहरु ब्लक, प्रतिबन्धमा व्यक्तिगत एकाउन्टहरु पनि

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
रुसमा गिटहबका एकाउन्टहरु ब्लक, प्रतिबन्धमा व्यक्तिगत एकाउन्टहरु पनि

काठमाडौं ।

रुसमा गिटहबका दर्जनौं एकाउन्टहरु ब्लक गरिएका छन्।

केही दिनअघि रुसी सञ्चारमाध्यम हाब्रले गिटहबका दर्जनौं एकाउन्टहरु स्थानीयरुपमा ब्लक गरिएका समाचार सार्वजनिक गरेको हो।

तीमध्ये स्बेरबैंक, अल्फा-बैंक लगायत अन्य कम्पनी तथा व्यक्तिगत डेभलपरहरुका एकाउन्ट पनि रहेको गिजचाइनाले जनाएको छ।

यसअघि अप्रिलको शुरुवातमा सञ्चारमाध्यमहरुले अमेरिकी ट्रेजरीले रुसका सबैभन्दा ठूला निजी बैंकहरु स्बेरबैंक तथा अल्फा बैंकमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो।

उक्त प्रतिबन्धमा बैंक सम्पत्ति रोक्का तथा अमेरिकी नागरिक तथा कम्पनीहरुलाई ती बैंकसँग कारोबार गर्नमा रोकलगायतका रहेको थियो।

यसै सम्बन्धमा अनुसन्धाता सेर्गेई बोब्रोभले गिटहबले व्यक्तिगत एकाउन्टहरु पनि ब्लक गरिदिएको बताएका छन्। तर ती अनुसन्धाता आफैं भने कुनै पनि कम्पनीसँग सम्बन्धित नभएको गिजचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...