
काठमाडौं ।
अमेरिकाको क्यालिफोर्नियामा दुई जना बाबुछोरी मिलेर एउटा आणविक फोहर व्यवस्थापन स्टार्टअप स्थापना गरेका छन्।
डीप आइसोलेशन नामक उक्त स्टार्ट-अपको मुख्य उद्देश्य अमेरिकामा स्थायी आणविक फोहर व्यवस्थापन केन्द्रको रुपमा स्थापित हुनु रहेको बुझिएको छ।
डीप आइसोलेशनले पृथ्वीको सतहमा १८ इन्च व्यासयुक्त गहिरो खाडल खनेर त्यसभित्र १४ फुट लामो डब्बामा रेडयोधर्मी आणविक फोहरलाई राखेर त्यस खाडलभित्र राख्ने प्रविधिलाई व्यावसायिक रुप दिने योजना बनाएको सीएनबीसीले उल्लेख गरेको छ।
खानी वा बोरिङ गरे झैं रहेको यो प्रविधिमा आणविक फोहरबाट रेडियो विकिरण समयक्रमसँगै हजारौं वर्षमा कुनै हानी नपुग्ने गरी निस्किने समाचारमा उल्लेख छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार