युरोपेली पेटेन्ट आवेदन गर्नेमा चिनियाँ कम्पनीहरूको रेकर्ड संख्या, ह्वावे सबैभन्दा अगाडि

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
युरोपेली पेटेन्ट आवेदन गर्नेमा चिनियाँ कम्पनीहरूको रेकर्ड संख्या, ह्वावे सबैभन्दा अगाडि

काठमाडौं ।

२०२१ मा चिनियाँ कम्पनीहरुबाट युरोपेली पेटेन्ट आवेदनको संख्या १६,६६५ को नयाँ रेकर्डमा पुगेको म्युनिखस्थित युरोपेली पेटेन्ट कार्यालय (ईपीओ) ले मंगलबार जनाएको छ।

कुल मिलाएर, ईपीओले गत वर्ष विश्वभरबाट १ लाख ८८ हजार ६ सय पेटेन्ट आवेदनहरू रेकर्ड गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढी हो। यसका साथै २४ प्रतिशतको वृद्धि गर्दै, चिनियाँ कम्पनीहरूले ३० अग्रणी पेटेन्ट फाइल गर्ने देशहरूमध्ये उच्च दर रेकर्ड गरेको चीनको अनलाइन चाइना डट ओआरजीले जनाएको छ।

“युरोपियन पेटेन्ट अफिसमा विगत १० वर्षमा, हामीले २०२१ मा चिनियाँ कम्पनीहरूबाट पेटेन्ट आवेदनको संख्या चार गुणा बढेको देख्यौं,” इपीओ प्रमुख व्यापार विश्लेषक एडन केन्ड्रिकले सिन्ह्वालाई भनेका छन्।

“हामीले २०२१ मा देखेको कुरा भनेको युरोपेली पेटेन्ट कार्यालयमा चीनबाट आवेदनहरूको निरन्तर गतिशील वृद्धि हो। सन् २०२१ मा, लगभग २४ प्रतिशतको वृद्धि दर, जुन एक अत्यन्त गतिशील विकास प्रतिनिधित्व गर्दछ,” उनले थपे।

डिजिटल कम्युनिकेसनको क्षेत्रमा सबैभन्दा धेरै पेटेन्ट आवेदनहरू रहेको रिपोर्टमा उल्लेख छ। जहाँ चिनियाँ कम्पनीहरू २०२१ मा २९ प्रतिशतको सेयरको साथ पहिले नै सबैभन्दा ठूलो पेटेन्ट फाइलर थिए। अन्य क्षेत्रहरू, जस्तै बायोटेक्नोलोजी र अडियो-भिजुअल टेक्नोलोजीमा, चिनियाँ कम्पनीहरूद्वारा ७५ प्रतिशतसम्मले फाइलिङहरूमा वृद्धि भएको छ।

३,५४४ फाइलिङका साथ, चिनियाँ टेक जायन्ट ह्वावेले २०२१ मा अन्य कुनै पनि कम्पनीको तुलनामा धेरै पेटेन्ट आवेदनहरू दायर गरेको छ।

ईपीओकाअनुसार यो संख्य दक्षिण कोरियाको सामसङ र एलजीको पेटेन्ट संख्या भन्दा अगाडि रहेको छ।

पहिलो पटक, ओपो, जेडटिई, वैदू, शाओमी र टेन्सेन्टलगायत शीर्ष ६ ओटा चिनियाँ कम्पनीहरू पनि ५० ठूला युरोपेली पेटेन्ट आवेदकहरूमा सूचीकृत भएका छन्।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार