रेन्टल कार फर्म हर्जले पोलस्टारबाट ६५ हजार विद्युतीय गाडी किन्ने

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
रेन्टल कार फर्म हर्जले पोलस्टारबाट ६५ हजार विद्युतीय गाडी किन्ने

काठमाडौं ।

कार भाडामा लगाउने कम्पनी हर्ज ग्लोबल होल्डिङ्सले स्विडेनको कम्पनी पोलस्टारसँग ६५ हजार विद्युतीय सवारी किन्ने बताएको छ।

कम्पनीको कार्बनशून्य मोडलहरु थप्ने योजना अनुरुप आगामी ५ वर्षको अवधिमा उक्त परिमाणमा विद्युतीय सवारी भित्र्याउने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ।

हर्जले पोलस्टारका कार यसै वसन्त ऋतुको शुरुवातमा यूरोपमा तथा यो वर्षको अन्त्यमा उत्तर अमेरिका तथा अस्ट्रेलियामा उपलब्ध हुने बताएको छ।

अमेरिकाको फ्लोरिडामा रहेको कार भाडामा दिने उक्त कम्पनीले शुरुमा पोलस्टार २ सेडान कारहरु अर्डर गर्ने जानकारी दिएको छ।

यो निर्णयपछि सोमबार हर्जको शेयर १.७५ प्रतिशतले उकालो लागेको रोयटर्समा उल्लेख छ।

हर्जले गत अक्टोबरमा टेस्लासँग १ लाख थान मोडल ३ विद्युतीय गाडी किन्न अर्डर दिएको घोषणा गरेको थियो।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार