काठमाडौं ।
आईडीसी क्वार्टरली वेयरेबल डिभाइस ट्र्याकरको पछिल्लो तथ्यांकअनुसार ह्वावे सन् २०२६ को पहिलो ६ महिनामा विश्वव्यापी स्मार्टवाच बजारमा विश्वकै नम्बर १ ब्रान्ड बनेको छ।
सन् २०२६ को पहिलो ६ महिनामा ह्वावेले विश्वव्यापी स्मार्टवाच बजारमा २१ प्रतिशतभन्दा बढी बजार हिस्सा हासिल गरेको छ। यससँगै विश्वव्यापी वेयरेबल बजारमा ह्वावेको स्थान थप बलियो भएको कम्पनीले जनाएको छ।
यो उपलब्धिले नयाँ प्रविधिको विकासमा ह्वावेको निरन्तर ध्यान र विभिन्न जीवनशैली तथा आवश्यकताका लागि स्मार्टवाच तथा वेयरेबल उत्पादनको विस्तारलाई देखाउने कम्पनीले जनाएको छ। फिटनेस र दौडदेखि दैनिक स्वास्थ्य तथा तन्दुरुस्तीका लागि ह्वावेले उपयोगी प्रविधि र आधुनिक डिजाइनलाई संयोजन गरेका वेयरेबल उत्पादन विकास गर्दै आएको छ।
सन् २०२६ को पहिलो ६ महिनामा ह्वावेले ह्वावे वाच जीटी रनर २, ह्वावे वाच फिट ५ सिरिज र ह्वावे वाच किड्स एक्स१ सिरिजलगायत नयाँ स्मार्टवाच तथा वेयरेबल उत्पादन सार्वजनिक गरेको थियो। यी उत्पादन विभिन्न प्रयोगकर्ता र आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका छन्। तिनमा स्वास्थ्य निगरानी, खेलकुद ट्र्याकिङ तथा दैनिक प्रयोगका सुविधा उपलब्ध छन्।
नेपालका उपभोक्ताका लागि यो विश्वव्यापी उपलब्धिले स्थानीय बजारमा उन्नत स्मार्टवाच तथा वेयरेबल प्रविधि उपलब्ध गराउन ह्वावेको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ।
नेपालमा ह्वावेका विभिन्न वेयरेबल उत्पादन उपलब्ध हुँदै गएसँगै ब्रान्डले स्वस्थ, सक्रिय र कनेक्टेड जीवनशैलीलाई सहयोग गर्ने उत्पादन उपलब्ध गराउँदै आएको छ। नेपालमा हालै ह्वावे वाच फिट ५ सिरिज सार्वजनिक हुनु पनि यसको निरन्तरताका रूपमा रहेको कम्पनीले जनाएको छ।
वेयरेबल प्रविधिमा निरन्तर ध्यान र विभिन्न उत्पादनको विस्तारसँगै ह्वावेले विश्वभर र नेपालमा प्रयोगकर्ताका लागि थप स्मार्ट र उपयोगी अनुभव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३, आईतवार