काठमाडौं ।
गत महिना सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस२६ एफई सेप्टेम्बर ४ देखि केही बजारहरुमा बिक्रीमा आएको थियो। भारत पहिलो चरणको बिक्रीमा भने समावेश थिएन।
भारतमा यसको बिक्रि सेप्टेम्बर १८ देखि सुरु हुने तालिका रहेको छ। यही कारणले सामसङले ग्यालेक्सी एस२६ एफई को भारतीय मूल्य सार्वजनिक नगरेको हुन सक्ने अनुमान गरिएको छ।
नयाँ लिकलाई विश्वास गर्ने हो भने भरतमा सामसङ ग्यालेक्सी एस२६ एफई को आधार मूल्य ६९ हजार ९९९ भारतीय रुपैयाँ रहेको छ।
८ जीबी र्याम र १२८ स्टोरेज भएको ग्यालेक्सी एस२६ एफईको आधारभूत मुल्य ७९ हजार ९९९ भारतीय रुपैयाँ रहने छ। ग्यालेक्सी एस२६ एफईमा ५१२ जीबी स्टोरेजको विकल्प पनि छ। तर, यो भारतमा सुरुमा उपलब्ध नहुने देखिएको छ।
सामसङ ग्यालेक्सी एस२६ एफईका प्रमुख विशेषतामा ६.७ इन्चको १०८० पिक्सेल, १२० हर्जको डाइनामिक एमोेलेड डिस्प्ले एक्जिनोस २५०० एसओसी र ४९०० मिलियम्प आवोर क्षमताको ब्याट्रि रहेका छन्।
फोनको पछाडिको ट्रिपल क्यामरा सेटअपमा ५० मेगापिक्सलको क्यामरा रहेको छ। स्मार्ट फोन एन्ड्रोरोइड १७ मा आधारित वान यूआई ९ सहित बजारमा आउने छ।
प्रकाशित: २९ भाद्र २०८३, सोमबार