भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग

  • Technology Khabar | २७ भाद्र २०८३, शनिबार
भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग

काठमाडौं ।

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ।

उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्नेगरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो। बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएकाले उक्त सहयोग रकम नेपाल सरकारलाई उपलब्ध गराएको बताP। साथै यस्तो अवस्थामा राहत तथा पुनःस्थापनामा सहयोग गर्न उहाँले सबैसँग आग्रह पनि गरे।

उक्त कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरूको प्रयासको प्रशंसा पनि गरेको छ।-रासस

प्रकाशित: २७ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...