दूरसञ्चार प्राधिकरणद्वारा पाँच सेवा प्रदायकहरुको अनुमतिपत्र नवीकरण

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा इन्टरनेट (इ–मेल सहितको) सेवाको अनुमतिपत्र नवीकरण गरेको छ।

प्राधिकरणले एक पत्रकार सम्मेलन गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम ५ बर्षको लागि इन्टर्नेट (इ–मेल सहित) सेवा प्रदायक कम्पनीहरूको अनुमतिपत्र नवीकरण गरेको जानकारी दिएको हो।

अनुमतिपत्र नवीकरण गरेका कम्पनीहरु:

१. डि.जी. लिंक नेटवर्क प्रा.लि. शुक्लागण्डकी–४, तनहुँलाई प्रदान गरिएको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १–१७६),

२.जिशान नेटवर्क प्रा.लि. परोहा–४, रौतहटलाई प्रदान गरिएको इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन अनुमतिपत्र (फ. ज. १–१५४),

३. वाई फाई नेपाल प्रा. लि. ललितपुरलाई प्रदान गरिएको इन्टरनेट (इमेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १–८५)

४. शिखर नेट प्रा.लि. धनगढी, कैलालीलाई प्रदान गरिएको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १–८९)

५. युनाईट नेटवर्कस् प्रा.लि. बर्दिबास– १, महोत्तरीलाई प्रदान गरिएको इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १–१७७)

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार